यो महिनामा घर परिवारमा झैझमेलाको अवस्था आउला । विश्वास पात्रले भाषा परिवर्तन गर्न सक्छन् । सरकारी निकायको भय रहला, सावधान रहनुहोला । शेयर बजारको लगाले राम्रै प्रतिफल देला । महिनाको अन्त्यमा तार्किक क्षमता एवं बोलीको प्रभावले स्वरोजगार भइनेछ । सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै लाभ हुनेछ । कुटुम्बबाट विशेष सहयोग मिल्नेछ । यो महिनाको लागि शुभ अङ्क ३,९ र शुभ रङ्ग पहेँलो वा हरियो हो । शुभकर्म गर्नु पूर्व बगलामुखीको ध्यान गरि आरम्भ गर्दा अत्यन्त लाभ प्राप्त हुनेछ ।
समयमा होस नपुग्नाले आफ्नाबाटै टाढिनुपर्ने स्थिति आउन सक्छ। अवसरका लागि केही दौडधुप गर्नुपर्ला। व्यवसायमा लगानी बढाउनुपर्ने हुन सक्छ। खर्च लागे पनि यात्राको प्रक्रिया अघि बढ्न सक्छ। फाइदा नगण्य उठे पनि स्वाभिमानको रक्षा गर्न सफल भइनेछ। वैदेशिक रोजगारीमा हुनेहरूलाई फाइदा हुनेछ। खर्चिलो काम गर्नुपर्ने हुँदा धेरै रकम जुटाउनुपर्ला। उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य)
Comments
Post a Comment