Skip to main content

तपाइको चैत्र माहिनाको राशिफल


कन्या
२०६६ साल » चैत्र महिना » कन्या राशी
टो प पी पु ष ण ठ पे मो
यस महिनामा सूर्यले तपाईको जन्मराशिको बाह्रौ स्थानमा भ्रमण गर्दै हुनाले अधिक मात्रामा खर्च होला । स्वास्थ्यमा बाधा पर्ला । मित्रसँग कलहको सम्भावना छ । ज्वरोको असर पर्ला । आर्थिक संकटको सामना गर्नुपर्ला । भाग्य कमजोर रहला । भाइबन्धुमा सम्बन्ध साधारण रहला ।मंगल ग्रह जन्मराशिका जानाले व्यवसायमा बाधा अड्चन आउला । काम गर्ने उत्साहमा कमी होला । साथीभाइको भनाइ खानुपर्ला, शोक, सन्ताप, आत्मीजनसँग विछोड हुनसक्ला । रक्तदोषको कारण बिरामी परिएला । दुर्जनबाट कष्ट होला । व्यवसाय, नोकरी आदिमा अधिक परिश्रम गर्नुपर्ला । उत्साह बढाउनाले राम्रो हुनेछ ।७ गतेबाट बुध जन्मराशिमा आउनाले तपाईलाइ भय, बन्धन आदि पर्न सक्ला । चुक्ली लाउने र कुरौटेहरुबाट धोका पर्ला । महिलाको गर्भासय, कम्मरमा पीडा होला । औषधिको प्रयोगमा समय र पैसाको खर्च होला । न्यायालयको काममा धोका होला ।शुक्र ग्रह तपाईको जन्मराशिको बाह्रौ स्थानमा भएकाले शुक्रका तर्फबाट सामान्य फल मिल्ला । शत्रु सेलाउलान् । काम गर्ने जाँगरमा फुर्ति आँउला । आंशिक धनको लाभ होला । भोगविलासमा रुचि बढ्ला । दुराचारी बनाँउला । अधिक दौडधुप गर्नुपर्ला । विस्तारै, ढिलो गरि मात्रै काममा सफलता मिल्ला । व्यवसाय पनि ढिलो अगाडि बढ्ला । मानसिक झमेला आइपर्ला । स्वास्थ्यमा केही न केही गडबडी रहला । महिला तथा विद्यार्थीहरुलाई प्रयत्न र परिश्रमबाट सफलता मिल्ला । 

Popular posts from this blog

२०८० मंसिर १८ गते, सोमवार, ४ डिसेम्बर २०२३। मार्ग कृष्ण सप्तमी तिथि। मघा नक्षत्र। चन्द्रराशि सिंह।

  समयमा होस नपुग्नाले आफ्नाबाटै टाढिनुपर्ने स्थिति आउन सक्छ। अवसरका लागि केही दौडधुप गर्नुपर्ला। व्यवसायमा लगानी बढाउनुपर्ने हुन सक्छ। खर्च लागे पनि यात्राको प्रक्रिया अघि बढ्न सक्छ। फाइदा नगण्य उठे पनि स्वाभिमानको रक्षा गर्न सफल भइनेछ। वैदेशिक रोजगारीमा हुनेहरूलाई फाइदा हुनेछ। खर्चिलो काम गर्नुपर्ने हुँदा धेरै रकम जुटाउनुपर्ला। उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य)

२०७२ सालको बार्षिक राशि फल

यो बर्षको आरम्भमा ग्रह अनुकूल रहनेछ । एकादश गुरु, तृतीया शनिको अनुकूल प्रभावले आँटेका काम धेरै पुराहुने एवं नयाँ कामको अवसर पाउने योगछ । धन मनग्य कमाउने अवसर पनि मिल्नेछ । यात्रामा लाभ मिल्ने,वैदेशिक कार्यमा सफलता मिल्ने, विदेश बसोबास गर्ने प्रयासमा भए सफल हुने,वैवाहिक बन्धनमा बाँधिने प्रवल सम्भावनाछ । व्यापारमा गरेका प्रयासहरू सकारात्मक रहनेछन् । आफन्तहरुको उचित सहयोग मिल्नेछ, ठूला व्यक्तिले विश्वास गर्नेछन्, परिवारबाट पनि सहयोग पाउनुहोला, घर तथा सवारी साधन जोड्ने अवसर मिल्नेछ । पढाईमा सोचे जत्तिकै उन्नति हुनेछ । आषाढ २६ गतेदेखि बाह्रौ गुरु र राशिमा राहु, सप्तममा केतु भएकोले मुटु एवं मस्तिष्कमा समस्या आउने, उच्च रक्त चाप हुने, मन अशान्तहुने, काममा अवरोध आउने अवस्था सिर्जना हुनेछ । खर्च धेरै हुने, आमदानी कम हुने, झुटा आरोप लाग्ने सम्भावना भएकोले संयम हुनुपर्ला । मित्रहरुले धोकादिनेछन् आफन्तहरुको लागि सञ्चित धन खर्च गर्नुपर्ने जश नमिल्ने भएकोले विचार गर्नुपर्ला । प्रेममा खटपट हुनेर पति–पत्नीबीचमा मतभेद हुने सम्भावना भएकोले थोरै बोल्नुहोला । व्यापारमा अवरोध आउने, यात्रामा समस्या आउने, व...

कन्या राशी

२०६६ साल » कन्या राशी टो प पी पु ष ण ठ पे मो यो २०६६ साल हो । यस वर्ष राहुले तपाईको राशिको पाचौँ स्थानमा र केतुले एघारौँ स्थानमा पोहोरसालदेखि नै भ्रमण गर्दै आएका छन् । त्यसकारण राहु र केतुको यस स्थान अनुसार तपाईलाई शारिरिक कष्ट होला । मनको बेथाको योग छ । व्यग्रता एवम् रक्तचापको वृद्धि होला । शरिरमा चोट लाग्ने भय रहला । विद्या तथा सन्तानको चिन्ता होला । जीवनसाथीसँगको कलहले मनमा चिन्ता होला । कुनै नराम्रो आदतका कारणले अत्याधिक कष्टको सामना गर्नुपर्ला । दाजुभाईसँग खटपट रहला । कार्त्तिक १८ गतेबाट राहु चौथो स्थानमा र केतु दसौँ स्थानमा रहनाले परिवारको समस्यालाई लिएर बन्धुहरुले खिल्ली उडाउलान् । आनीबानी आदतलाई नियन्त्रण गर्नुपर्ला । बदनामी होला । बेकारमा अर्काको अधिनमा पर्नुपर्ला । पदोन्नति भने सफल हुन सक्छ । अनेक नयाँ खर्च बढ्नाले आम्दानी र खर्चकाबीचमा सन्तुलन नहोला । शारिरिक दूर्बलता बढ्ला । बृहस्पति वैशाख ६ गतेबाट तपाईको राशिको छैठौँ स्थानमा गएकाले तपाईलाई साहसको कमी होला । धनको हानी होला । पुरुषार्थमा गिरावट होला । चालु कार्य व्यवसायमा वाधाको अनुभूति होला । नातेदार तथा प्रेमीजनबाट निरास...