यो राशिको स्वामी ग्रह बुध हो । यो पृथ्वी तत्व प्रधान हो । यो राशिका मानिसहरु कुरा गर्न सिपालु, विनोद प्रिय तथा हाउभाउले कुरा गर्ने, लागेको कार्यमा क्रियाशील हुने र आफ्नो कार्यमा लम्पट, खुसी रहने हुन्छन् । यिनीहरुको स्थायी किसिमको बचन र कवोल हुदैन । कसैलाई बचन दिए पनि पूरा गर्न असमर्थी हुन्छन् । यदि कसैको मनोभावना बुझ्नलाई पनि नाटकिय तरहले गर्दछन् । कन्या राशि दिशोभाव राशि हुँदा यिनको काम गर्न, व्यापार गर्न, सबै काम दोपक्षीय हुन्छ । आफ्नू समस्या दुःख छउञ्जेल अरुको दुःख बुझ्दैनन् । आफ्नो निश्चित समस्यामा मात्र अरुको समस्या बुझ्ने गर्दछन् । यिनले आफ्नु विश्वास अरुलाई दिनुभन्दा अगाडि उनको भनोभावना बुझेर मात्र विश्वास गर्नछन् । यो राशिका नरनारीहरु बढो र्सतर्कवादी हुन्छन् । कार्य कुशल क्रियाशीलतामा यिनको स्वभाव हो । अरुद्धारा प्रेमको समझदारी व्यवहार यिनलाई गुलियो लाग्ने हुन्छ । प्रसन्न पनि रहन्छन् । आफ्नु हिम्मतले भ्याएसम्म काम गर्ने हुन्छन् । घमण्डी विरोधीलाई पनि खेलाएर काम लिन सक्छन् । संकटमा पनि धैर्य पछि हुने व्यवहारको विचार गर्नु आदि यिनीहरुको गुण हो ।
२०६६ साल » कन्या राशी टो प पी पु ष ण ठ पे मो यो २०६६ साल हो । यस वर्ष राहुले तपाईको राशिको पाचौँ स्थानमा र केतुले एघारौँ स्थानमा पोहोरसालदेखि नै भ्रमण गर्दै आएका छन् । त्यसकारण राहु र केतुको यस स्थान अनुसार तपाईलाई शारिरिक कष्ट होला । मनको बेथाको योग छ । व्यग्रता एवम् रक्तचापको वृद्धि होला । शरिरमा चोट लाग्ने भय रहला । विद्या तथा सन्तानको चिन्ता होला । जीवनसाथीसँगको कलहले मनमा चिन्ता होला । कुनै नराम्रो आदतका कारणले अत्याधिक कष्टको सामना गर्नुपर्ला । दाजुभाईसँग खटपट रहला । कार्त्तिक १८ गतेबाट राहु चौथो स्थानमा र केतु दसौँ स्थानमा रहनाले परिवारको समस्यालाई लिएर बन्धुहरुले खिल्ली उडाउलान् । आनीबानी आदतलाई नियन्त्रण गर्नुपर्ला । बदनामी होला । बेकारमा अर्काको अधिनमा पर्नुपर्ला । पदोन्नति भने सफल हुन सक्छ । अनेक नयाँ खर्च बढ्नाले आम्दानी र खर्चकाबीचमा सन्तुलन नहोला । शारिरिक दूर्बलता बढ्ला । बृहस्पति वैशाख ६ गतेबाट तपाईको राशिको छैठौँ स्थानमा गएकाले तपाईलाई साहसको कमी होला । धनको हानी होला । पुरुषार्थमा गिरावट होला । चालु कार्य व्यवसायमा वाधाको अनुभूति होला । नातेदार तथा प्रेमीजनबाट निरास...










Comments
Post a Comment