यो राशिको स्वामी ग्रह बुध हो । यो पृथ्वी तत्व प्रधान हो । यो राशिका मानिसहरु कुरा गर्न सिपालु, विनोद प्रिय तथा हाउभाउले कुरा गर्ने, लागेको कार्यमा क्रियाशील हुने र आफ्नो कार्यमा लम्पट, खुसी रहने हुन्छन् । यिनीहरुको स्थायी किसिमको बचन र कवोल हुदैन । कसैलाई बचन दिए पनि पूरा गर्न असमर्थी हुन्छन् । यदि कसैको मनोभावना बुझ्नलाई पनि नाटकिय तरहले गर्दछन् । कन्या राशि दिशोभाव राशि हुँदा यिनको काम गर्न, व्यापार गर्न, सबै काम दोपक्षीय हुन्छ । आफ्नू समस्या दुःख छउञ्जेल अरुको दुःख बुझ्दैनन् । आफ्नो निश्चित समस्यामा मात्र अरुको समस्या बुझ्ने गर्दछन् । यिनले आफ्नु विश्वास अरुलाई दिनुभन्दा अगाडि उनको भनोभावना बुझेर मात्र विश्वास गर्नछन् । यो राशिका नरनारीहरु बढो र्सतर्कवादी हुन्छन् । कार्य कुशल क्रियाशीलतामा यिनको स्वभाव हो । अरुद्धारा प्रेमको समझदारी व्यवहार यिनलाई गुलियो लाग्ने हुन्छ । प्रसन्न पनि रहन्छन् । आफ्नु हिम्मतले भ्याएसम्म काम गर्ने हुन्छन् । घमण्डी विरोधीलाई पनि खेलाएर काम लिन सक्छन् । संकटमा पनि धैर्य पछि हुने व्यवहारको विचार गर्नु आदि यिनीहरुको गुण हो ।
समयमा होस नपुग्नाले आफ्नाबाटै टाढिनुपर्ने स्थिति आउन सक्छ। अवसरका लागि केही दौडधुप गर्नुपर्ला। व्यवसायमा लगानी बढाउनुपर्ने हुन सक्छ। खर्च लागे पनि यात्राको प्रक्रिया अघि बढ्न सक्छ। फाइदा नगण्य उठे पनि स्वाभिमानको रक्षा गर्न सफल भइनेछ। वैदेशिक रोजगारीमा हुनेहरूलाई फाइदा हुनेछ। खर्चिलो काम गर्नुपर्ने हुँदा धेरै रकम जुटाउनुपर्ला। उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य)
Comments
Post a Comment