यो बर्षको आरम्भमा ग्रह अनुकूल रहनेछ । एकादश गुरु, तृतीया शनिको अनुकूल प्रभावले आँटेका काम धेरै पुराहुने एवं नयाँ कामको अवसर पाउने योगछ । धन मनग्य कमाउने अवसर पनि मिल्नेछ । यात्रामा लाभ मिल्ने,वैदेशिक कार्यमा सफलता मिल्ने, विदेश बसोबास गर्ने प्रयासमा भए सफल हुने,वैवाहिक बन्धनमा बाँधिने प्रवल सम्भावनाछ । व्यापारमा गरेका प्रयासहरू सकारात्मक रहनेछन् । आफन्तहरुको उचित सहयोग मिल्नेछ, ठूला व्यक्तिले विश्वास गर्नेछन्, परिवारबाट पनि सहयोग पाउनुहोला, घर तथा सवारी साधन जोड्ने अवसर मिल्नेछ । पढाईमा सोचे जत्तिकै उन्नति हुनेछ । आषाढ २६ गतेदेखि बाह्रौ गुरु र राशिमा राहु, सप्तममा केतु भएकोले मुटु एवं मस्तिष्कमा समस्या आउने, उच्च रक्त चाप हुने, मन अशान्तहुने, काममा अवरोध आउने अवस्था सिर्जना हुनेछ । खर्च धेरै हुने, आमदानी कम हुने, झुटा आरोप लाग्ने सम्भावना भएकोले संयम हुनुपर्ला । मित्रहरुले धोकादिनेछन् आफन्तहरुको लागि सञ्चित धन खर्च गर्नुपर्ने जश नमिल्ने भएकोले विचार गर्नुपर्ला । प्रेममा खटपट हुनेर पति–पत्नीबीचमा मतभेद हुने सम्भावना भएकोले थोरै बोल्नुहोला । व्यापारमा अवरोध आउने, यात्रामा समस्या आउने, विश्वासमा धोका हुने भएकाले गोपनीयतामा जोड दिनुहोला । नोकरी तथा राजनीतिमा विनाकारण समस्या आउन सक्छ, बुझेरमात्र काम गर्नुहोला । विनादोष कारवाहीमा पर्ने सम्भावानछ । यस बर्षको ग्रह गोचरअनुसार ज्येष्ठ आषाढमा मात्र सफलता प्राप्त हुनेछ । भाद्र, पौषमा ठूलो समस्या आउन सक्छ, संयम भएमा शनि अनुकूल भएकोले केही काम बन्नेछन् । ‘ॐ नमो भगवते वासुदेवाय नमः’ मन्त्रको जप बर्षभरीनै गर्नुहोला ।
२०६६ साल » कन्या राशी टो प पी पु ष ण ठ पे मो यो २०६६ साल हो । यस वर्ष राहुले तपाईको राशिको पाचौँ स्थानमा र केतुले एघारौँ स्थानमा पोहोरसालदेखि नै भ्रमण गर्दै आएका छन् । त्यसकारण राहु र केतुको यस स्थान अनुसार तपाईलाई शारिरिक कष्ट होला । मनको बेथाको योग छ । व्यग्रता एवम् रक्तचापको वृद्धि होला । शरिरमा चोट लाग्ने भय रहला । विद्या तथा सन्तानको चिन्ता होला । जीवनसाथीसँगको कलहले मनमा चिन्ता होला । कुनै नराम्रो आदतका कारणले अत्याधिक कष्टको सामना गर्नुपर्ला । दाजुभाईसँग खटपट रहला । कार्त्तिक १८ गतेबाट राहु चौथो स्थानमा र केतु दसौँ स्थानमा रहनाले परिवारको समस्यालाई लिएर बन्धुहरुले खिल्ली उडाउलान् । आनीबानी आदतलाई नियन्त्रण गर्नुपर्ला । बदनामी होला । बेकारमा अर्काको अधिनमा पर्नुपर्ला । पदोन्नति भने सफल हुन सक्छ । अनेक नयाँ खर्च बढ्नाले आम्दानी र खर्चकाबीचमा सन्तुलन नहोला । शारिरिक दूर्बलता बढ्ला । बृहस्पति वैशाख ६ गतेबाट तपाईको राशिको छैठौँ स्थानमा गएकाले तपाईलाई साहसको कमी होला । धनको हानी होला । पुरुषार्थमा गिरावट होला । चालु कार्य व्यवसायमा वाधाको अनुभूति होला । नातेदार तथा प्रेमीजनबाट निरास...










Comments
Post a Comment