Skip to main content

२०८० | वार्षिक राशिफल

 कन्या राशिलाई यो वर्ष अवसर र चुनौतीका शृंखला दोहोरिने हुँदा व्यावहारिक समस्यासँग जुध्नुपर्नेछ। बृहस्पति र राहु एकसाथ कष्टभावमा रहनाले अवसरका लागि संघर्ष गर्नुपर्नेछ भने लक्ष्य प्राप्त गर्न समस्या पर्नेछ। सामाजिक न्यायबाट वञ्चित भइनेछ भने नैतिक धरातल पनि खस्किन सक्छ। बिनाकारण आफन्त तथा शुभचिन्तकहरू टाढिन सक्छन्। यात्रा खर्चिलो र कष्टपूर्ण बन्नेछ। आम्दानी बढाउन अनीतिको सहारा लिनुपर्ने हुन सक्छ। मनमा चिन्ता, शरीरमा चोट, साझेदारीमा झमेला, व्यापारमा हानि तथा नोकरीमा दुर्गम स्थानान्तरण जस्ता समस्या आउन सक्छन्। तर शत्रुभावस्थित शनिको अनुकूल प्रभावले वर्षभरि विभिन्न अवसर प्राप्त भइरहने छन्। दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ भने मिहिनेत गर्दा नोकरीमा प्रवेश वा पदोन्नतिको योग छ। कृषि तथा पशुपालनमा पनि सामान्य फाइदा हुनेछ। आँटले काम लिनेहरूका लागि केही अवसर प्राप्त हुनेछ। नयाँ उद्योग तथा व्यवसाय प्रारम्भ गर्न सकिनेछ। कृषितर्फ नयाँ प्रविधि र विशेष औजार भित्र्याउने समय छ। पुरानो कामधन्दा फस्टाउनेछ। धेरै श्रम लागे पनि गरेको कामले नाम, दाम र इनाम दिलाउनेछ। प्रारम्भको संघर्षले अन्त्यमा विशेष उपलब्धि प्राप्त हुनेछ। प्रतिस्पर्धीहरू परास्त हुनेछन् र सहयोगीहरूले साथ दिनेछन्। वर्षको उत्तरार्धमा राहु दाम्पत्यभावमा र केतु शीर्षभावमा प्रवेश गर्ने हुँदा पतिपत्नीबीच असमझदारी, पारिवारिक कलह, अपजस, अर्थहानि जस्ता समस्या देखापर्नेछन्। उद्देश्य प्राप्तिका लागि नीतिनियम मिचेर अघि बढ्नुपर्ने हुनाले धेरैको विरोधसमेत सामना गर्नुपर्ला। पितामाता र अधिकारीवर्गसँग मतभेद बढ्नेछ। अध्ययनमा समेत बाधा पर्न सक्छ। बृहस्पति, राहु र केतुको प्रतिकूल प्रभाव कम गर्न समयमै ग्रहदेवताको पूजा–अनुष्ठान गर्नुहोला। शिवजी र बगलामुखी भगवतीको पूजा–आराधना गर्नाले बृहस्पतिको दुष्प्रभाव शान्त हुनेछ। वटुकभैरव, छिन्नमस्ता र धूमावती भगवतीको पूजा–आराधना गर्नाले राहु र केतुको दुष्फल कम भई फाइदा हुनेछ। असार, साउन, मंसिर र फागुन महिना विशेष लाभदायक रहनेछन् भने वैशाख, भदौ र पुस महिना अलि प्रतिकूल रहनेछन्।



उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य) 

Comments

Popular posts from this blog

२०८० मंसिर १८ गते, सोमवार, ४ डिसेम्बर २०२३। मार्ग कृष्ण सप्तमी तिथि। मघा नक्षत्र। चन्द्रराशि सिंह।

  समयमा होस नपुग्नाले आफ्नाबाटै टाढिनुपर्ने स्थिति आउन सक्छ। अवसरका लागि केही दौडधुप गर्नुपर्ला। व्यवसायमा लगानी बढाउनुपर्ने हुन सक्छ। खर्च लागे पनि यात्राको प्रक्रिया अघि बढ्न सक्छ। फाइदा नगण्य उठे पनि स्वाभिमानको रक्षा गर्न सफल भइनेछ। वैदेशिक रोजगारीमा हुनेहरूलाई फाइदा हुनेछ। खर्चिलो काम गर्नुपर्ने हुँदा धेरै रकम जुटाउनुपर्ला। उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य)

२०७२ सालको बार्षिक राशि फल

यो बर्षको आरम्भमा ग्रह अनुकूल रहनेछ । एकादश गुरु, तृतीया शनिको अनुकूल प्रभावले आँटेका काम धेरै पुराहुने एवं नयाँ कामको अवसर पाउने योगछ । धन मनग्य कमाउने अवसर पनि मिल्नेछ । यात्रामा लाभ मिल्ने,वैदेशिक कार्यमा सफलता मिल्ने, विदेश बसोबास गर्ने प्रयासमा भए सफल हुने,वैवाहिक बन्धनमा बाँधिने प्रवल सम्भावनाछ । व्यापारमा गरेका प्रयासहरू सकारात्मक रहनेछन् । आफन्तहरुको उचित सहयोग मिल्नेछ, ठूला व्यक्तिले विश्वास गर्नेछन्, परिवारबाट पनि सहयोग पाउनुहोला, घर तथा सवारी साधन जोड्ने अवसर मिल्नेछ । पढाईमा सोचे जत्तिकै उन्नति हुनेछ । आषाढ २६ गतेदेखि बाह्रौ गुरु र राशिमा राहु, सप्तममा केतु भएकोले मुटु एवं मस्तिष्कमा समस्या आउने, उच्च रक्त चाप हुने, मन अशान्तहुने, काममा अवरोध आउने अवस्था सिर्जना हुनेछ । खर्च धेरै हुने, आमदानी कम हुने, झुटा आरोप लाग्ने सम्भावना भएकोले संयम हुनुपर्ला । मित्रहरुले धोकादिनेछन् आफन्तहरुको लागि सञ्चित धन खर्च गर्नुपर्ने जश नमिल्ने भएकोले विचार गर्नुपर्ला । प्रेममा खटपट हुनेर पति–पत्नीबीचमा मतभेद हुने सम्भावना भएकोले थोरै बोल्नुहोला । व्यापारमा अवरोध आउने, यात्रामा समस्या आउने, व...

कन्या राशी

२०६६ साल » कन्या राशी टो प पी पु ष ण ठ पे मो यो २०६६ साल हो । यस वर्ष राहुले तपाईको राशिको पाचौँ स्थानमा र केतुले एघारौँ स्थानमा पोहोरसालदेखि नै भ्रमण गर्दै आएका छन् । त्यसकारण राहु र केतुको यस स्थान अनुसार तपाईलाई शारिरिक कष्ट होला । मनको बेथाको योग छ । व्यग्रता एवम् रक्तचापको वृद्धि होला । शरिरमा चोट लाग्ने भय रहला । विद्या तथा सन्तानको चिन्ता होला । जीवनसाथीसँगको कलहले मनमा चिन्ता होला । कुनै नराम्रो आदतका कारणले अत्याधिक कष्टको सामना गर्नुपर्ला । दाजुभाईसँग खटपट रहला । कार्त्तिक १८ गतेबाट राहु चौथो स्थानमा र केतु दसौँ स्थानमा रहनाले परिवारको समस्यालाई लिएर बन्धुहरुले खिल्ली उडाउलान् । आनीबानी आदतलाई नियन्त्रण गर्नुपर्ला । बदनामी होला । बेकारमा अर्काको अधिनमा पर्नुपर्ला । पदोन्नति भने सफल हुन सक्छ । अनेक नयाँ खर्च बढ्नाले आम्दानी र खर्चकाबीचमा सन्तुलन नहोला । शारिरिक दूर्बलता बढ्ला । बृहस्पति वैशाख ६ गतेबाट तपाईको राशिको छैठौँ स्थानमा गएकाले तपाईलाई साहसको कमी होला । धनको हानी होला । पुरुषार्थमा गिरावट होला । चालु कार्य व्यवसायमा वाधाको अनुभूति होला । नातेदार तथा प्रेमीजनबाट निरास...