Skip to main content

२०७३ सालको बार्षिक राशि फल

यो वर्ष मध्यम प्रकारको रहनेछ। प्रारम्भमा खर्चभावमा रहेका बृहस्पति र राहुको प्रभावले मोटो रकम खर्चनुपर्ने आवश्यकता पर्न सक्छ। यात्रा, धर्मकर्म, मंगलमय कार्य एवं भैपरी आउने समस्याले खर्च बढाउने देखिन्छ। प्रतिकूल स्थानान्तरणले कुनै काम स्थगित हुन सक्छ। तर, पराक्रमभावमा शनिको अनुकूल स्थितिले कर्मयोगमा प्रवृत्त गराउनुका साथै मेहनत गर्ने अवसर दिलाउनेछ। शुभचिन्तक एवं सहयोगीहरूले साथ दिनेछन्। नोकरी तथा स्थापित पेसा–व्यवसायमा राम्रो फाइदा हुनेछ। साउन २२ देखि जन्मराशिमा बृहस्पतिको आगमनले केही प्रतिकूलताहरू समाधान भए पनि परिवारजनमा मतभेद देखापर्न सक्छ। दाम्पत्य एवं प्रेमसम्बन्धमा खटपटी आउनेछ भने बिनाकारण आफन्तहरू टाढिनाले एक्लोपना अनुभूति हुनेछ। नीति–नियमले समस्या उब्जाउन सक्छ। भ्रमण तथा वैदेशिक रोजगारीमा समेत केही अप्ठ्यारोमा परिएला। विभिन्न अवसर प्राप्त भए पनि मौकामा ठूलो फाइदा उठाउन नसकिएला। जीवनसाथी खोज्नेहरूका लागि माघ र फागुन महिना फलदायी हुनेछन्। प्रतिकूल समयमा पनि शिवजी, वटुक भैरव र बगलामुखीको पूजा–आराधना तथा राहु र बृहस्पतिको मन्त्रजप गर्नाले शुभ हुनेछ। फागुन ५ देखि शनिअढैया प्रारम्भ हुने हुँदा काली भगवतीको पनि आराधना गर्नुहोला। वैशाख, भदौ र पुस महिना अलि प्रतिकूल रहनेछन् भने असार, साउन, मंसिर, फागुन महिनामा बढी फाइदा हुनेछ । 

Comments

Popular posts from this blog

२०८० मंसिर १८ गते, सोमवार, ४ डिसेम्बर २०२३। मार्ग कृष्ण सप्तमी तिथि। मघा नक्षत्र। चन्द्रराशि सिंह।

  समयमा होस नपुग्नाले आफ्नाबाटै टाढिनुपर्ने स्थिति आउन सक्छ। अवसरका लागि केही दौडधुप गर्नुपर्ला। व्यवसायमा लगानी बढाउनुपर्ने हुन सक्छ। खर्च लागे पनि यात्राको प्रक्रिया अघि बढ्न सक्छ। फाइदा नगण्य उठे पनि स्वाभिमानको रक्षा गर्न सफल भइनेछ। वैदेशिक रोजगारीमा हुनेहरूलाई फाइदा हुनेछ। खर्चिलो काम गर्नुपर्ने हुँदा धेरै रकम जुटाउनुपर्ला। उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य)

२०७२ सालको बार्षिक राशि फल

यो बर्षको आरम्भमा ग्रह अनुकूल रहनेछ । एकादश गुरु, तृतीया शनिको अनुकूल प्रभावले आँटेका काम धेरै पुराहुने एवं नयाँ कामको अवसर पाउने योगछ । धन मनग्य कमाउने अवसर पनि मिल्नेछ । यात्रामा लाभ मिल्ने,वैदेशिक कार्यमा सफलता मिल्ने, विदेश बसोबास गर्ने प्रयासमा भए सफल हुने,वैवाहिक बन्धनमा बाँधिने प्रवल सम्भावनाछ । व्यापारमा गरेका प्रयासहरू सकारात्मक रहनेछन् । आफन्तहरुको उचित सहयोग मिल्नेछ, ठूला व्यक्तिले विश्वास गर्नेछन्, परिवारबाट पनि सहयोग पाउनुहोला, घर तथा सवारी साधन जोड्ने अवसर मिल्नेछ । पढाईमा सोचे जत्तिकै उन्नति हुनेछ । आषाढ २६ गतेदेखि बाह्रौ गुरु र राशिमा राहु, सप्तममा केतु भएकोले मुटु एवं मस्तिष्कमा समस्या आउने, उच्च रक्त चाप हुने, मन अशान्तहुने, काममा अवरोध आउने अवस्था सिर्जना हुनेछ । खर्च धेरै हुने, आमदानी कम हुने, झुटा आरोप लाग्ने सम्भावना भएकोले संयम हुनुपर्ला । मित्रहरुले धोकादिनेछन् आफन्तहरुको लागि सञ्चित धन खर्च गर्नुपर्ने जश नमिल्ने भएकोले विचार गर्नुपर्ला । प्रेममा खटपट हुनेर पति–पत्नीबीचमा मतभेद हुने सम्भावना भएकोले थोरै बोल्नुहोला । व्यापारमा अवरोध आउने, यात्रामा समस्या आउने, व...

कन्या राशी

२०६६ साल » कन्या राशी टो प पी पु ष ण ठ पे मो यो २०६६ साल हो । यस वर्ष राहुले तपाईको राशिको पाचौँ स्थानमा र केतुले एघारौँ स्थानमा पोहोरसालदेखि नै भ्रमण गर्दै आएका छन् । त्यसकारण राहु र केतुको यस स्थान अनुसार तपाईलाई शारिरिक कष्ट होला । मनको बेथाको योग छ । व्यग्रता एवम् रक्तचापको वृद्धि होला । शरिरमा चोट लाग्ने भय रहला । विद्या तथा सन्तानको चिन्ता होला । जीवनसाथीसँगको कलहले मनमा चिन्ता होला । कुनै नराम्रो आदतका कारणले अत्याधिक कष्टको सामना गर्नुपर्ला । दाजुभाईसँग खटपट रहला । कार्त्तिक १८ गतेबाट राहु चौथो स्थानमा र केतु दसौँ स्थानमा रहनाले परिवारको समस्यालाई लिएर बन्धुहरुले खिल्ली उडाउलान् । आनीबानी आदतलाई नियन्त्रण गर्नुपर्ला । बदनामी होला । बेकारमा अर्काको अधिनमा पर्नुपर्ला । पदोन्नति भने सफल हुन सक्छ । अनेक नयाँ खर्च बढ्नाले आम्दानी र खर्चकाबीचमा सन्तुलन नहोला । शारिरिक दूर्बलता बढ्ला । बृहस्पति वैशाख ६ गतेबाट तपाईको राशिको छैठौँ स्थानमा गएकाले तपाईलाई साहसको कमी होला । धनको हानी होला । पुरुषार्थमा गिरावट होला । चालु कार्य व्यवसायमा वाधाको अनुभूति होला । नातेदार तथा प्रेमीजनबाट निरास...