Skip to main content

Posts

Showing posts from September, 2016

२०७३ सालको बार्षिक राशि फल

यो वर्ष मध्यम प्रकारको रहनेछ। प्रारम्भमा खर्चभावमा रहेका बृहस्पति र राहुको प्रभावले मोटो रकम खर्चनुपर्ने आवश्यकता पर्न सक्छ। यात्रा, धर्मकर्म, मंगलमय कार्य एवं भैपरी आउने समस्याले खर्च बढाउने देखिन्छ। प्रतिकूल स्थानान्तरणले कुनै काम स्थगित हुन सक्छ। तर, पराक्रमभावमा शनिको अनुकूल स्थितिले कर्मयोगमा प्रवृत्त गराउनुका साथै मेहनत गर्ने अवसर दिलाउनेछ। शुभचिन्तक एवं सहयोगीहरूले साथ दिनेछन्। नोकरी तथा स्थापित पेसा–व्यवसायमा राम्रो फाइदा हुनेछ। साउन २२ देखि जन्मराशिमा बृहस्पतिको आगमनले केही प्रतिकूलताहरू समाधान भए पनि परिवारजनमा मतभेद देखापर्न सक्छ। दाम्पत्य एवं प्रेमसम्बन्धमा खटपटी आउनेछ भने बिनाकारण आफन्तहरू टाढिनाले एक्लोपना अनुभूति हुनेछ। नीति–नियमले समस्या उब्जाउन सक्छ। भ्रमण तथा वैदेशिक रोजगारीमा समेत केही अप्ठ्यारोमा परिएला। विभिन्न अवसर प्राप्त भए पनि मौकामा ठूलो फाइदा उठाउन नसकिएला। जीवनसाथी खोज्नेहरूका लागि माघ र फागुन महिना फलदायी हुनेछन्। प्रतिकूल समयमा पनि शिवजी, वटुक भैरव र बगलामुखीको पूजा–आराधना तथा राहु र बृहस्पतिको मन्त्रजप गर्नाले शुभ हुनेछ। फागुन ५ देखि शनिअढैया प्रारम्भ हु