Skip to main content

Posts

Showing posts from May, 2015

२०७२ सालको बार्षिक राशि फल

यो बर्षको आरम्भमा ग्रह अनुकूल रहनेछ । एकादश गुरु, तृतीया शनिको अनुकूल प्रभावले आँटेका काम धेरै पुराहुने एवं नयाँ कामको अवसर पाउने योगछ । धन मनग्य कमाउने अवसर पनि मिल्नेछ । यात्रामा लाभ मिल्ने,वैदेशिक कार्यमा सफलता मिल्ने, विदेश बसोबास गर्ने प्रयासमा भए सफल हुने,वैवाहिक बन्धनमा बाँधिने प्रवल सम्भावनाछ । व्यापारमा गरेका प्रयासहरू सकारात्मक रहनेछन् । आफन्तहरुको उचित सहयोग मिल्नेछ, ठूला व्यक्तिले विश्वास गर्नेछन्, परिवारबाट पनि सहयोग पाउनुहोला, घर तथा सवारी साधन जोड्ने अवसर मिल्नेछ । पढाईमा सोचे जत्तिकै उन्नति हुनेछ । आषाढ २६ गतेदेखि बाह्रौ गुरु र राशिमा राहु, सप्तममा केतु भएकोले मुटु एवं मस्तिष्कमा समस्या आउने, उच्च रक्त चाप हुने, मन अशान्तहुने, काममा अवरोध आउने अवस्था सिर्जना हुनेछ । खर्च धेरै हुने, आमदानी कम हुने, झुटा आरोप लाग्ने सम्भावना भएकोले संयम हुनुपर्ला । मित्रहरुले धोकादिनेछन् आफन्तहरुको लागि सञ्चित धन खर्च गर्नुपर्ने जश नमिल्ने भएकोले विचार गर्नुपर्ला । प्रेममा खटपट हुनेर पति–पत्नीबीचमा मतभेद हुने सम्भावना भएकोले थोरै बोल्नुहोला । व्यापारमा अवरोध आउने, यात्रामा समस्या आउने, व