Skip to main content

Posts

Showing posts from 2010

कन्या राशी

२०६६ साल » कन्या राशी टो प पी पु ष ण ठ पे मो यो २०६६ साल हो । यस वर्ष राहुले तपाईको राशिको पाचौँ स्थानमा र केतुले एघारौँ स्थानमा पोहोरसालदेखि नै भ्रमण गर्दै आएका छन् । त्यसकारण राहु र केतुको यस स्थान अनुसार तपाईलाई शारिरिक कष्ट होला । मनको बेथाको योग छ । व्यग्रता एवम् रक्तचापको वृद्धि होला । शरिरमा चोट लाग्ने भय रहला । विद्या तथा सन्तानको चिन्ता होला । जीवनसाथीसँगको कलहले मनमा चिन्ता होला । कुनै नराम्रो आदतका कारणले अत्याधिक कष्टको सामना गर्नुपर्ला । दाजुभाईसँग खटपट रहला । कार्त्तिक १८ गतेबाट राहु चौथो स्थानमा र केतु दसौँ स्थानमा रहनाले परिवारको समस्यालाई लिएर बन्धुहरुले खिल्ली उडाउलान् । आनीबानी आदतलाई नियन्त्रण गर्नुपर्ला । बदनामी होला । बेकारमा अर्काको अधिनमा पर्नुपर्ला । पदोन्नति भने सफल हुन सक्छ । अनेक नयाँ खर्च बढ्नाले आम्दानी र खर्चकाबीचमा सन्तुलन नहोला । शारिरिक दूर्बलता बढ्ला । बृहस्पति वैशाख ६ गतेबाट तपाईको राशिको छैठौँ स्थानमा गएकाले तपाईलाई साहसको कमी होला । धनको हानी होला । पुरुषार्थमा गिरावट होला । चालु कार्य व्यवसायमा वाधाको अनुभूति होला । नातेदार तथा प्रेमीजनबाट निरास